जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेल घुससहित पक्राउ

दियो पोस्ट  

काठमाडौं, पुस १६ । जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेल घुस रकम सहित पक्राउ परेका छन् ।

डोर खटी बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस बापतको रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं महानगरपालिका १६ मा रहेको एसबी फाष्टफुटबाट हिजो आईतबार पक्राउ गरिएको र उनिमाथि थप अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

TATA ADD