sdr
काठमाडौँ, पुष १६ । ठुलो परिमाणमा लागुऔषध लोड गरि ल्याएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बिरगंज महानगरपालिका–३१ बेल्वाबाट ना ४ ख २९८५ नम्बरको मालवाहक ट्रकमा करिब १ सय ६० किलो चरेस लुकाईछिपाई ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकको पछाडी फल्स बटम लगाई लुकाएर मकवानपुरबाट पर्सा हुँदै भारत पुर्याउन लागिएको चरेससहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । पक्राउ परेका ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ बर्षीय सागर बल रहेका छन् ।
आर्थिक बर्ष २०७५÷०७६ मा प्रहरीले नियन्त्रणमा लिएको लागुपदार्थ मध्य सोमबार भेटिएको अहिले सम्मकै ठुलो परिमाण रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।