रवीन्द्र मिश्रविरुद्ध उज्वल थापा, नेतृत्वमाथि प्रश्न गर्दै पठाए १८ पृष्ठ लामो प्रतिवेदन ( पुर्णपाठसहित)

दियो पोस्ट  

काठमाडौँ, पुष १६ । वैकल्पिक शक्तिको रुपमा उदय हुँदै केही समयमा नै केन्द्रिय राजनीतिमा पुग्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीभित्र नै आन्तरिक द्वन्द देखिएको छ । पार्टीका अर्का संयोजक उज्वल थापाले पार्टीभित्र देखिएको सुस्तता र निष्क्रियताको खुलेर आलोचना र आत्ममुल्यांकन गरेका छन् ।

निर्वाचन अगाडी विवेकशील र साझा पार्टी एक भई विवेकशील साझा पार्टी बनेको थियो । तात्कालिन समयमा दुबै पार्टीको धारणा, सिद्धान्त र विचार मेल खाने भन्दै एकिकरण गरिएको थियो । तर, अहिले आएर तात्कालिन विवेकशील पार्टीका अध्यक्ष उज्वल थापाले विवेकशील साझाले गलत बाटो समातेको भन्दै १८ पृष्ठ लामो प्रतिवेदन पार्टीका नेता र कार्यकर्ताहरुलाई पठाएका छन् ।

उनले पठाएको प्रतिवेदनमा पार्टीले हिँडेको बाटो, सिद्धान्त र कार्यशैलीमाथि गम्भिर प्रहार गरेको छ । पार्टी वर्तमान समयमा निकै नै निष्क्रिय भएको मुल्यांकन गर्दै थापाले नेतृत्वको प्रभावकारीता र कार्यशैलीमाथि नै प्रश्न उठाएका छन् । ‘न जोस न होस भएको पार्टी बन्ने देखिएको छ,ु प्रतिवेदनमा भनिएको छ, ुन नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएको छ। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ। दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि र उर्जाहीन बनेका छन्।ु

सदस्यता बढाउन नसकेको, नेतृत्व थोरै मानिसमा सीमिति हुँदै गएको, नेतृत्वले सदस्यहरूलाई जिम्मेवारी दिन अनुदार भएको लगायतका समस्या उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको उनको गुनासो छ। राजनीति गर्ने ढंग आफ्नो पार्टीले देखाउन नसकेको पनि उल्लेख गरेका छन्। नागरिकले प्रत्यक्ष देख्न सक्ने समाजसेवामुखी अनि मूल्यमान्यतामा केन्द्रीत राजनीतिलाई पृथकताको मूल कारण बनाउने ढंग नपुगेको उनको बुझाइ छ।

जसले गर्दा पार्टीमा नयाँ मानिस आकर्षित गर्न नसकिएको उनले आफ्नो प्रतिवेदनमा भनेका छन्।

ुहामीले १ वर्ष अघिको चुनावमा २ लाख १२ हजार सदरमत ल्याउन सफल भयौं। प्रदेश ३ मा ३ जना सांसद बने,ु उनको प्रतिवेदनमा उल्लेख छ, ुनिर्वाचनपछि हाम्रा ४ केन्द्रीय सदस्यले राजीनामा दिए। यो एकवर्षमा जम्मा १५ सय सदस्यमात्र थापिएका छन्।ु अहिले विवेकशील साझामा ४ हजार १ सय सदस्य मात्र भएको उनको प्रतिवेदनमा उल्लेख छ।

बृहत्तर विषयलाई दलले सम्बोधन गर्न नसकेको भन्दै व्यापक जनगुनासो आएको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। मोदीले लगाएको नाकाबन्दी विरोध गर्ने र शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व प्रमुख हुनुपर्छ भन्दै डाक्टर गोविन्द केसीको सत्याग्रहलाई गरिएको समर्थन अभियान भने सफल भएको उनको भनाइ छ।

दुई दलको एकीकरण देखावटीमात्र भएको पनि उनले घुमाउरो किसिमले प्रतिवेदनमा लेखेका छन्। डरको राजनीति हावी भएको भन्दै उनले अघि लेखेका छन्, ुनेतृत्वमा भएको अँध्यारोमा भूत देख्ने चरम शंकालु प्रवृत्ति प्रदेश तहमा पनि फैलिँदै गएको। उर्जाशील सदस्यहरूले विगतको पृष्ठभूमिको आधारमा आफूमाथि विभेद भएको, जिम्मेवारी नदिएको हो कि भन्ने शंका दिनप्रतिदिन बढ्दै गएको छ।ु

तर महिला हिंसाविरूद्धको अभियान भने अपुरो र अधुरो भएको उनको दाबी छ। नेतृत्वले विभिन्न सामाजिक अभियानलाई हेर्ने दृष्टिमाथि साँघुरो रहेको उनको प्रतिवेदनमा उल्लेख छ। विधान,विभाग गठन र संगठन विस्तार लगायतका महत्वपूर्ण काम अघि नबढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तो छ थापाले पठाएको प्रतिवेदन