संस्कृत माबिको जग्गा हत्याएर ऋण खाने पौष प्रसादको अर्को ‘झूट’ : मेरो पैतृक सम्पत्ति ! (प्रमाणसहित)

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, १८ मंसिर । धादिङको ज्वालामूखि गाउँपालिका २ मैदी सातदोबाटोमा अवस्थित श्री संस्कृत तथा साधारण माविका तत्कालिन प्रअ पौष प्रसाद तिवारीको भ्रष्टाचारकाण्ड सार्वजनिक भएपछि स्थानियबासी चनाखो हुन थालेका छन् ।


विद्यालयमा पढ्ने विद्यार्थीले समेत भ्रष्टाचारको विषयमा प्रश्न गर्न थालेपछि उक्त विद्यालयका तत्कालिन प्रअ तथा हालका शिक्षक तिवारीले ‘पुरानो कुरा’ भन्दै तोडमोड गर्न थालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबीनमा रहेका तिवारीले सामाजिक सञ्जाल मार्फत सर्वसाधरणलाई भ्रम फैलाउने कार्य गरेको समेत पाइएको छ ।


तिवारीले विद्यालयको जग्गा धितो राखी मैदीमै रहेको सानाकिशान लघुवित्त सहकारी तथा स्वस्तिक सहकारीबाट पकट पकट ऋण निकालेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तयारी गरिरहेको छ । यद्धपी उनले भने सामाजिक सञ्जालबाटै चोखिने प्रयास गरेका छन् ।
यद्धपी ८ कोठा भवन भएको १ रापनी १४ आना ३ पैसा शुन्य दाम जग्गा भने विद्यालयकै भएको उनले स्विकार गरेका छन् ।

नवराज मल्ल र शिक्षकको चन्दाबाट खरिद गरिएको ९९३ नम्बर कित्ताको जग्गा विद्यालयकै भएको र उक्त जग्गा सट्टापट्टा गर्ने प्रक्रिया चलिरहेको समेत तिवारीकै स्ट्टयाटसमा लेखिएको छ ।

तिवारीले विद्यालयको उक्त जग्गालाई आफ्नो पैतृक सम्पत्ति धितो राखेर कारोबार गरेको समेत सामाजिक सञ्जालमा लेखेर जनतालाई ढाँट्ने काम गरेका छन् ।

सोमकुमार गन्द्रमाले विद्यालयको नाममा दिएको सोही जग्गाको कित्ता नम्बर भिडाउनुहोस् । जहाँ कित्ता नम्बर र तिवारीले उल्लेख गरेको क्षेत्रफल हेर्नुहोस् । कित्ता नम्बर ९९३ र क्षेत्रफल १ रोपनी १४ आना ३ पैसा शुन्य दाम नै छ ।


दियोपोस्टलाई प्राप्त भएको मालपत कार्यालयको रेकर्ड अनुसार तिवारीले लेखेकै ९९३ नम्बर कित्ताकै जग्गा मैदीमै रहेको स्विस्तिक बचत तथा ऋण सहकारीमा धितो राखी ऋण निकालीएको छ ।

विद्यार्थी तथा सर्वसाधरणलाई भ्रममा पार्न ‘पुरानो मुद्दा’ भन्दै टकटकिने तिवारीले ऋण निकालेको मिति भने गत वर्ष अर्थात २०७५ गत वर्ष भदौ १० गते हो ।

एक वर्षअघि ऋण निकालेका तिवारीले विद्यालयबाटै घोटाला गरेको रकमले धादिङवेशी पुछारबजारमा भव्य महल खरिद गरेको समेत बुझिन आएको छ ।


सहकारी विभागका एक अधिकारीका अनुसार तिवारीलाई मात्रै होइन विद्यालयको धितो र कित्ता नम्बर समेत नहेरी ऋण दिने स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका उच्च तहका सञ्चालकलाई समेत प्रहरी वा सम्बन्धित निकायले चाहेको खण्डमा मुद्दा लगाउन सक्छ ।


सहकारी विभागका रजिष्टार टोकराज पाण्डेका अनुसार उक्त सहकारीका उच्च अधिकारीलाई सम्पत्ति सुद्धिकरण विभागले प्रमाणका आधारमा मुद्दा लगाउन सक्छ ।


ज्वालामुखि गाउँपालिकाका शिक्षा शाखा प्रमुख बताउने माधव मल्लले अख्तियारको निर्देशनमा आफूहरुले फाइल झिकाएर अनुसन्धान गरिरहेको बताए ।

अनुसन्धानमै रहेको विषयमा आफूहरुले थप बोल्न नमिल्ने समेत मल्लले दियोपोस्टलाई जानकारी दिए ।

संस्कृत माविमा पौष प्रसादको भ्रष्टाचारकाण्ड : विद्यालयको जग्गा आफ्नै नाममा राखेर बैंकबाट लाखौँ झ्वाम !

ट्रेन्डिङ