धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारको सरुवा, बैदवारको ठाउँमा रेग्मी !

धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारको सरुवा, बैदवारको ठाउँमा रेग्मी !

काठमाडौं,२१ मंसिर । प्रहरी प्रधान कार्यालयले धादिङ सहित ८ जिल्लाका प्रहरी प्रमुख काज सरुवा गरेको छ ।


धादिङमा विगत १ वर्षदेखि कार्यरत रहेका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ शरुवा गरिएको छ ।


धादिङमा रहँदा बैदवारले निकै पुरानो मुद्दाका फरार अपराधीहरुलाई पक्राउ गर्ने अभियान चलाएका थिए । उनको यो अभियान एक हदसम्म सफल बनेको थियो । तर, जिल्ला स्थित रहेका अवैध बालुवा खानी र क्रसर नियन्त्रणमा भने उनी चुकेका थिए ।


उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रविन्द्र रेग्मीलाई ल्याइएको छ । उनी यसअघि नै महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखामा कार्यरत थिए ।
महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा यसअघि एसपी रवि कुमार पौडेल कार्यरत थिए । उनै पौडेलको स्थानमा बैदवारलाई काज गरिएको हो ।


शुक्रबार प्रहरी प्रधान कार्यालयले ८ जिल्लाका एसपीसहित २७ जना डिएसपीको काज शरुवा गरेको थियो ।


प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज गरिएको छ । स्यांजामा कार्यरत एसपी राज कुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।


त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा तानिएको छ । भने सर्लाहीमा विश्वमणी पोखरेललाई काज गरिएको छ । उनी यसअघि प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत थिए ।


यता काभ्रेमा कार्यरत जयराज एसपी जयराज सापकोटालाई भने २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर काज गरिएको छ ।

Trending News