सागमा गौरिकाको ह्याट्रिकः फ्रिस्टाइल पौडीमा पनि स्वर्ण

सागमा गौरिकाको ह्याट्रिकः फ्रिस्टाइल पौडीमा पनि  स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

योसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् ।

ओलम्पियन गौरिकाले ४ मिनेट २५.२८ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।

यस स्पर्धामा भारतकी शिवांगी शर्माले ४ मिनेट २६.२२ सेकेण्डको समय निकाल्दै रजत जितिन् । यस्तै ४ मिनेट ४१.९१ सेकेण्ड समय लगाएकी श्रीलंकाकी खेलाडीले कास्य जितिन् ।

ओलम्पियन गौरिकाले यस अघि २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

Trending News