काठमाडौँ, मंसिर २४ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुल २ सय तीन पदक जितेको छ । प्रतियोगिताको अन्तिम नतिजा अनुसार नेपालले ५१ स्वर्ण, ५८ रजत र ९४ काश्य पदक जितेको छ ।
प्रतियोगितामा पौडी खेलाडी गौरिका सिंहले कीर्तिमानी कायम गरिन् । उनले एकै संस्करणमा चार स्वर्ण जितिन् । उनले सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । नेपालको लागि पहिलो स्वर्ण मण्डेकाजी श्रेष्ठले जितेका थिए । उनले कराँतेतर्फ एकल कातामा स्वर्ण जितेका हुन् ।
पुरुष फुटबलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण संख्या ५१ पुर्याएको हो । घरेलु मैदानमा नेपालले ३५ बर्षपछि फुटबलमा स्वर्ण जितेको हो ।
१३ औँ सागमा स्वर्ण जित्ने खेलाडीहरुको सुचि
कराते :
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजी मुनी)
अनु अधिकारी (५० केजी मूनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
तेक्वान्दो :
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन :
सोनी गुरुङ
हिमाल टमाटा
उसु :
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो-नान्दौ)
जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स :
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)
साइक्लिङ :
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)
बक्सिङ :
सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )
पौडी :
गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रिस्टाइल)
भारोतोलन :
सन्जु चौधरी (५९ केजी )
विकास थापा (पुरुष ८९ केजी ताैल )
जुडो :
पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)
गल्फ :
सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )
फुटबल :
पुरुष फुटबल
कुस्ती :
संगीता धामी