धनुषा बम विस्फोटमा संलग्नलाई कारवाहीको दायरामा ल्याउछौँ : गृहमन्त्री

धनुषा बम विस्फोटमा संलग्नलाई कारवाहीको दायरामा ल्याउछौँ : गृहमन्त्री

काठमाडौँ, मंसिर २८ । गृहमन्त्री रामबहादुर थापा बादलले धनुषाको बम विस्फोटमा संलग्न जो कोही भएपनि खोजेर कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार विहान सामाजिक संजालमार्फत गृहमन्त्री थापाले धनुषा बम विस्फोट घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको र तत्काल सत्यतथ्य पत्ता लगाई अपराधीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।

सामाजिक संजालमा गृहमन्त्री थापाले लेखेका छन्, ‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’

गएरातिको बम विस्फोटमाप परि प्रहरी निरिक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको छ । मृतक दुई जना राजेश्वर साह र आनन्द साह एकै परिवारका हुन् । शंकास्पद बस्तु भेटिएको सुचना आएपछि प्रहरी निरिक्षक दाहाल नेतृत्वको टोली त्यहाँ पुगेको थियो । भीडलाई हटाउने क्रममा बम विस्फोट भएपछि प्रहरी निरिक्षक दाहालको कोखामा बमको छर्रा लागेको थियो । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

Trending News