महरा जेलमै रहने, जिल्ला अदालतको निर्णय उच्च अदालतद्धारा सदर

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष ३ । पुर्वसभामुख कृष्णबहादुर महरा जेलमै रहने भएका छन् । बिहीबार उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महरा जेलमै रहने भएका हुन् ।

उच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र न्यायधीश टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौँकै निर्णयलाई सदर गर्न आदेश गरेको हो । सम्पुर्ण प्रमाणहरु हेर्दा महरालाई थुनामुक्त गर्न नमिल्ने निर्णयमा बताइएको छ ।

जबरजस्ती करणी प्रयासको अभियोगमा पुर्पक्षका लागि थुुनामा रहेका महराले आफुलाई जेल पठाउने जिल्ला अदालतको निर्णय खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पुर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सिफारिस