पूर्वराजा विरेन्द्रको सम्पत्ति हत्याउन नेपाल ट्रष्टका कर्मचारी नै यति समुहको ‘एजेन्ट’ !

दियो पोस्ट  

काठमाडौं, ४ पुस । पूर्व राजा विरेन्द्र शाहको सम्पत्ति खोजविन गरी ‘अधिकतम’ राज्यको हितमा प्रयोग गर्न गठित नेपाल ट्रष्टले सम्पत्तिको चरम दुरुपयोग मात्रै गरेको छैन यति समुहलाई रजाइँ गर्न दिएको छ ।

यस विषयमा दियोपोस्टले यसअघि नै समाचार प्रकाशन गरेको थियो । अहिले मुख्य संचार माध्यमले समेत यो विषय उठाउन थालेपछि सामाजिक सञ्जालमा यति समुह र नेपाल ट्रष्ट चर्चाको विषय बनेको छ ।

नेपाल ट्रष्टमा कार्यरत कर्मचारी नेपाल सरकारको सेवा भन्दा बढी यति समुहको कारिन्दा नै हुन् भन्दा फरक नपर्ने केही दिनअघिको एउटा घटना यहाँ सार्वजनिक गर्दैछौँ ।


नेपाल ट्रष्टले यति समुहको थामसेर्कु ट्रेकिङ कम्पनिलाई दरबारमार्ग स्थित पूर्व राजा विरेन्द्र शाहाको १ रोपनी १४ आना जग्गा भाडामा दिएको विषयमा आज कान्तिपुर दैनिकले प्रथम पृष्ठमै समाचार प्रकाशन गरेको छ ।

अमृत महर्जन

यसअघि दियोपोस्टले मंसिर २५ मा प्रकाशन गरेको समाचारमा करिब ५ अर्बभन्दा बढी घोटाला भएको निष्कर्शसहितको समाचार प्रकाशन गरेको थियो ।

शुक्रबारको कान्तिपुर दैनिकले पनि ५ अर्बभन्दा बढीका घोटाला भएको निष्कर्श सहितको समाचार प्रकाशन गरेको छ ।


पूर्वराजा विरेन्द्र शाहाको स्वामित्वमा रहेको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा हिनामिनाको सुचनापाएपछि दियो मिडियाले सुचनाको हकसम्बन्धि ऐन २०६४ लाई प्रयोग गर्दै नेपाल ट्रष्टका सुचना अधिकारी अमृत महर्जनसँग सुचना विवरण माग गरेको थियो ।

तर सरकारी सम्पत्तिबारेमा जानकारी पाउनुपर्ने आम नागरिकको अधिकारलाई कुण्ठित गर्दै सुचना अधिकारी अमृत महर्जनले दिन नमिल्ने’भन्दै पत्र पठाए ।


सरकारी जग्गा प्रयोगको विषयलाई लिएर दियोपोस्टले बालाजु औद्योगीक विकास क्षेत्र, नागरिक उडयन प्राधिकरण लगायतसँग सुचना मागेको थियो । यी संस्थाहरुले ताकीएको मिति भित्रै सुचना उपलब्ध गराए । तर, ट्रष्टका सुचना अधिकारी महर्जन भने आफ्नो कर्तब्यबात विमुख भइ यति समुहको कारिन्दा बनिदिए ।


अचम्म त के छ भने नेपालको विद्यमान संविधान विपरित नेपाल ट्रष्टका सचिव स्तरको बैठकबाट गत मंसिर ७ गते बसेको बैठकले दिन नमिल्ने र मिल्ने सुचनाहरुको बर्गिकरण गर्यो ।


दियो मिडियाले थामसेर्कु ट्रेकिङ कम्पनिसँग भएको सम्झौता पत्रसहित भाडा विवरण माग गरेको थियो । तर, ट्रष्टका सुचना अधिकारीले दिन मिल्ने सुचना र नमिल्ने सुचनाहरुको विवरण पो पठाए ।


यद्धपी दियोपोस्टले विभिन्न स्रोतहरुबाट आफूले चाहेको सुचना प्राप्त गरेपछि गत मंसिर २५ मा ५ अर्ब घोटाला भएको समाचार पहिलो पटक ब्रेक गर्यो । नेपाल ट्रष्टबाट सुचना दिन अस्विकार गरिएको पत्र प्राप्त भएको १६ दिनपछि शुक्रबार नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरलाई हामीले सोध्यौँ,‘हामीले ट्रष्टसँग सुचना मागेका थियौँ नी दिन किन अस्विकार गर्नु भयो ?’


उनको जवाफ थियो,‘तपाईंको विवरण तयार हुँदैछ होला । हामी पठाउँछौँ ।’ ठाकुरलाई आफ्नो कार्यालयमा भैरहेको गतिविधि समेत थाहा रहेनछ । यतिसम्मकी गत मंसिर ५ गते सचिव स्तरको बैठकले सुचना दिन नमिल्ने भनेर निर्णय गरेको समेत उनलाई थाहा रहेनछ । अर्थात सुचना अधिकारी अमृत महर्जनले सचिव ठाकुरलाई नै गुमराहमा पारेका रहेछन् ।

सुचना अधिकारी महर्जनलाई सुचना दिन भन्दा पनि यति समुह र थामसेर्कुले हत्याउको जग्गाको विवरण सञ्चार माध्यममा जानबाट रोक्नका लागि एजेन्टको रुपमा खटाइएको नेपाल ट्रष्टकै एक कर्मचारीले बताए ।

गजेन्द्र ठाकुर


नेपाल ट्रष्टको जग्गा हत्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट उपप्रधान तथा रक्षा मन्त्रीलाई ऐन संशोधन गररै जिम्मा दिएका छन् । यता यसअघि कानुनले समेत तोकेका गृहमन्त्री राम बहादुर थापा बादलले पूर्व राजा विरेन्द्रको सम्पत्ति दुरुपयोग गर्न नहुने भन्दै दिन अस्विकार गरेका थिए ।


यता नेपाल ट्रष्टको सञ्चालक समितिमा यति समुहकै लगानी भएको अल्टिच्युड एयरका मार्केटिङ अफिसर सिताराम सापकोटा र यति एयरलाइन्सका कर्मचारी योङ्गजोम शेर्पालाई नियुक्त गरिएको थियो । उनीहरुले नै ट्रष्टको सम्पत्तिमा हिना मिना गर्ने डिजाइन गरेको बताइन्छ ।