
काठमाडौं, ८ पुस । सत्तारुढ दल समाजवादी पार्टी नेपालले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । केही दिन अघि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रीबाट हटाएर कानुन मन्त्रीमा सरुवा गरिएको थियो ।
कानुन मन्त्री रहेका यादवले तत्काल सरकार नछाड्ने निर्णय केही दिन अघि मात्रै गरेको थियो । तर, मंगलबारको निर्णयलाई भने अप्रत्यासित रुपमा हेरिएको छ ।