त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षकै मिलेमतोमा आँखु खोला दोहन, गाउँपालिकाकै रसिद !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता,


धादिङ, १० पुस । धादिङको त्रिपुरा सुन्दरी गाउँपापलिका वडा नम्बर ४ तथा ७ मा रहेको आँखु नदिमा नदि भित्रै डोजर स्क्याभेटर प्रयोग गरेर बालुवा तस्करी हुने गरेको पाइएको छ । नजिकै रहेको आँखु जलविद्युत आयोजना वरिपरिको स्थानमा गाउँपालिकाकै टेन्डर स्विकृतिमा भन्दै एसएस कन्स्ट्रसन प्रा.लीले निकासी कर समेत लिने गरेको पाइएको छ ।


गाउँपालिकाकै उच्च अधिकारीको मिलेमतोमा खुलमखुल्ला गिटि बालुवा निकासी भएपनि सरोकारवाला निकाय मौन छन् ।


दियोपोस्टले त्रिपुरा सुन्दरी गाउँपालिकाले नै जारी गरेको रसिद समेत फला पारेको छ । निकासी करका लागिभन्दै काटिएको रसिदमा धादिङ निलकण्ठ नगरपालिका १२ कार्यालय रहेको एसएस कन्स्ट्रक्सन प्रा.ली उल्लेख गरिएको छ ।


त्रिपुरा सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश सुवेदीले उक्त क्षेत्रको निकासी कर सम्बन्धि टेन्डर स्विकृत नभएको बताए ।


‘यदि कसैले गाउँपालिकाकै नाममा रसिद काटेको छ भने म प्रहरीलाई कारबाही गर्न सिफारिस गर्छु । तपाईंले म कहाँ पठाइदिनु होला,’ सुवेदीले भने,‘हाइड्रोपावर क्षेत्र वरिपरि हामीले निकासी करका लागि ठेक्का खोलेका छैनौँ । कसैले नक्कली रसिद बनाएको छ भन किर्तेमा थुन्न म सिफारिस गर्छु ।’


स्रोतका अनुसार गाउँपालिकाकै अध्यक्ष शम्भू थापाको मिलेमतोमा एसएस कन्स्ट्रक्सन प्रा.लीले विना स्विकृती नै निकासी कर उठाउँदै आएको छ ।

सिफारिस