BREAKING :: बागमती प्रदेश सरकारका ३ मन्त्रीद्वारा राजिनामा : मुख्यमन्त्रीमाथि गम्भिर आरोप !

दियो पोस्ट  

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि ओली सरकारका मन्त्रीहरुले राजिनामा दिए । ओलीको कदमको असर प्रदेशमा समेत परेको छ । वागमति प्रदेशका मन्त्रीहरुले समेत मन्त्रीपदबाट राजिनामा दिएका छन् ।


वागतमति प्रदेशका नेकपाका संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल शरद र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पदबाट राजिनामा दिएका हुन् ।

राजिनामा पत्रमा मुख्य मन्त्री डोरमणी पौढडेल दिशाहिन, निर्णय विहिन र सुशासन कायममा चुकेको उल्लेख गरिएको छ ।