ओली मन्त्रिमण्डलमा रमिता : काठ तस्कर वन मन्त्री, अर्बपतिको बहिनी महिला मन्त्री !

दियो पोस्ट  

काठमाडौं, ११ पुस । संविधानत कामचलाउ भैसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ मन्त्री र एक राज्य मन्त्री थपे । उनले ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् । नयाँ मन्त्री बनेकाहरु भने निकै विवादित समेत रहेको पाइएको छ ।


प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधिनरहेको बला प्रधानमन्त्रीले मनोमानी रुपमा प्रचण्डको विरोध गर्ने र आफ्नो समुहमा आउनेलाई मन्त्रीको सपथ खुवाएका हुन् ।

थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन् । अन्य ४ जना पूर्वएमाले हुन् ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास, गौरीशंकर चौधरीलाई श्रम, रोजगार र दावा लामा तामाङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरू पूर्वमाओवादी नेता हुन् । त्यस्तै, गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासन, प्रेम आलेलाई वन तथा वातावरण, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य सामग्री खरिद विवाद र कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोकबाट पराजित दावा लामालाई प्रधानमन्त्री ओली युवा तथा खेलकुद मन्त्री बनाएका छन् ।


काठको ठेकेदार वन मन्त्री !


शुरुमा माधव नेपाल निकट रहेका प्रेम आले डोटीका पूर्व सांसद हुन् । उनीमाथि काठतस्करीको मुद्दा समेत लागेको थियो ।


ओलीको पहिलो मन्त्रिपरिषदमा आलेको नाम चर्चामा थियो । तर, माधव समुहले उनको नाम सिफारिस नगरेपनि उनी बिच्किएका थिए । उनै आलेलाई प्रधानमन्त्री ओलीले अहिले भने मन्त्री बनाएका हुन् । विभाजनको समयमा ओली समुहलाई साथ दिएपछि उनले यो मन्त्रालय पाएका हुन् ।

संसदको सार्वजनिक लेखासमितिले गठन गरेको वाडइडबडीकाण्ड, वैज्ञानिक वन समिति, यति समुहको जग्गा भाडा प्रकरण लगायत ठूला समितिमा बसेका उनी विवादमा तानिएका थिए । नेपाल ट्रष्टको जग्गा गैरकानुनी रुपमा यति समुहले भाडामा लिएको विषयमा लेखा समितिले छानबीन गर्दा शुरुमा आलेले विरोध गरेका थिए । तर, पछि भने उनी यति समुहकै पक्षमा लागेका थिए ।

त्यस्तै वैज्ञानिक वन व्यवस्थापनको नाममा बनेको संसदको समितिको सदस्य बनेर अनुगमनमा जाँदा उनले अपशब्द बोलेके भिडियो नै भाइरल बनेको थियो ।


अर्बपतिको बहिनी महिला मन्त्री !

ओली मन्त्रिमण्डलमा रोचक रुपमा मन्त्री बनेकी पात्र हुन् जुलिकुमारी महतो । अर्बपति व्यापारी उपेन्द्र महतोको बहिनी उनी रघुवीर महासेठकी श्रीमती हुन् ।


विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए । तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।

TATA ADD