केपी ओलीलाई सुरेन्द्र पाण्डेको चेतावनी : ‘ओलीजी खबरदार ! राजा बन्ने कुचेष्टा नगर्नुहोला्’

दियो पोस्ट  

काठमाडौं, ११ पुस । प्रचण्ड र माधव नेतृत्वको नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा बन्ने कुचेष्ठा नगर्न चेतावनी दिएका छन् । शनिबार राजधानीको नयाँ बजारमा धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताए ।


‘केपी ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्ट नगर्नुहोला’ उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन । नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन् ।’


प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत समेत विघटन गरिदिएँ भने अदालत विघटन हुन्छ भन्दै उनले प्रश्न गरे ।

‘अब ओलीलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले भने,‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्ट नगर्नुहोला’ उनले अघि भने, ‘खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन । नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन् ।’

नेता पाण्डेले अदालतले अनुहार हेरेर फैसला नगर्ने समेत बताए । ‘कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेरेर निर्णय गर्नुस्’ उनले भने, ‘अनुहार हेरेर निर्णय गर्नुभयो भने यो देशले दुःख पाउउनेछ । तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन । हामीलाई विश्वास छ, तपाईहरु त्यसबाट दायाँबायाँ जानुहुन्न, संसद पुनःस्र्थापना हुन्छ । किनकी संविधानले यसरी संसद विघटनको परिकल्ना गरेकै छैन ।’

उनले केहीदिनपछि भृकुटिभण्डपमा ५० हजारको संख्यामा जनता उठाएर केपी ओली विरुद्ध प्रदर्शन गर्ने समेत बताए ।

सम्बन्धित खबर