असई गोविन्द विक र जवान राम बहादुर साउदको हत्यामा समलग्न नामुद केराउ तस्कर पक्राउ !

दियोपोस्ट संवाददाता

कैलाली, १३ मंसिर । प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान राम बहादुर साउदको हत्यामा समलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।


कैलालीमा गत कात्तिक १ गते २ जना प्रहरीको हत्या भएको थियो । उक्त घटनाको मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका १० घर भएका ३४ वर्षिय सुक बहादुर भनिने अमर रानालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । सो क्षेत्रमा केराउ तस्करी गर्दै आएका अमरकै मुख्य योजनामा विक र साउदको हत्या भएको प्रहरीको दाबी छ ।

केराउ तस्करी गरिरहेको बेला पक्राउ गर्न खोज्दा तस्करहरुको समूहबाट २ प्रहरीको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरि उनीहरुको हत्या भएको थियो । घटनाको २ महिनापछि रानालाई पक्राउ गरिएको हो । घटनापछि भारततर्फ लुकेका उनलाई भातीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । उनी आइतबार नै पक्राउ परेका हुन् ।

मुख्य योजनाकार भनिएका राना यसअघि पनि अवैध ढङ्गबाट सामान तस्करीमा संलग्न रहेको प्रहरीको दाबी छ । उनी नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करी गर्ने कार्यमा संलग्न रहेको जिल्ला प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस