उर्जामन्त्री फेरिएसँगै काठमाडौंमा फेरि लोडसेडिङ : १८ घण्टे लोडसेडिङको साक्षी थिए टोप बहादुर !

दियो पोस्ट  

काठमाडौं, १४ पुस । उर्जामन्त्रीको दोस्रो कार्याकालका लागि टोपबहादुर रायमाझीले हिजो हिजो मात्रै पदभार सम्हालेका छन् । तर, संयोग नै मान्नुपर्छ उनले पदभार सम्हालेको २४ घण्टा नबित्दै राजधानीमा लोडसेडिङकै भान पार्नेगरी विजुली जान थालेको छ ।


लोडसेडिङकै शैलीमा विद्युत जान थालेपछि यतिबेला फेरी १८ घण्टे लोडसेडिङकालको सम्झाना शुरु भएको छ ।


हाल उर्जामन्त्री भएका टोपबहादुर संविधान जारी भएपछि बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि नै उर्जामन्त्री थिए । २०७२ सालमा उनी उर्जामन्त्री रहँदा देशमा १८ घण्टा नै लोडसेडिङ हुने अवस्था समम आएको थियो ।

त्यतिबेला मन्त्री रायमाझी लोडसेडिङका साक्षी जस्तै थिए । तर, ओली सरकार ढलेपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुशल व्यवस्थापक कुलमान घिसिङलाई नियुक्त गर्यो । उनै कुलमाले १८ घण्टे लोडसेडिङको अन्धकार हटाएर मुलुकमा चमत्कार गरिदिए ।


हाल कुलमान घिसिङको कार्यकाल सकिएको छ । उनको पुनर्नियुक्तिो लागि उर्जामन्त्री वर्षमान पुनले कोशिस गरेपनि प्रधानमन्त्री ओलीले रोकेका कारण हालसम्म पनि उनको नियुक्त हुन सकेको छैन । कुलमानको अभाव र उर्जामन्त्री परिवर्तन भएकै दिनदेखि नेपालमा फेरी झ्याप झ्याप बत्ति जान थालेपछि फेरी लोडसेडिङ हुने त्रास बढेको छ ।

सम्बन्धित खबर