
k|d b]pjf clejfbg ub}{ sf7df8f}F, @# dlª;/ M k|wfgdGqL z]/axfb'/ b]pjf g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg sfo{qmddf g]tf tyf sfo{stf{x?nfO{ clejfbg ub}{ . t:jL/ M rGsnf If]qL÷/f;;
काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । निर्वाचन समितिका अनुसार पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका छन् ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका छन् । सिंहको समर्थनसँगै देवाले जित्ने आंकलन गरिएको छ ।
पहिलो चरणमा निर्वाचित हुन देउवालाई ८२ मत अपुग भएको हो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।