बाँदरझुलाबासीका माग सम्बोधन हुने

diyopost.com
दियो पोस्ट  मंगलबार, पौष ०६, २०७८ | १६:००:०८

काठमाडौँ- सरकारले चितवन माडीको बाँदरझुलाबासीको समस्या सम्बोधन गर्ने भएको छ । मंगलबार बिहान चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो ।

बाँदरझुलाबासीसँगको छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल सहभागी भएका थिए ।

बाँदरझुलाका जनताले लालपुर्जा प्राप्त गर्न निकुञ्जकाे कानुन संशाेधन गर्नुपर्ने र भूमि एवं वन दुवै मन्त्रालयले तत्काल समझदारी गरी  मन्त्रिपरिषदमा ऐन संशाेधनकाे प्रस्ताव पेश गर्ने र पारित गराउने सहमति भएकाे छ ।

तस्बीर : संघर्ष दाहाल

बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्‍न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डला आएका थिए । दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो सुनाउन उनीहरू राजधानी आएका हुन् ।

चितवन जिल्लाको भरतपुर महानगरपालिकाबाट दक्षिण माडी नगरपालिका वडा नं ९ मा बाँदरझुला गाउँ अवस्थित छ । बाँदरझुला गाउँको उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सिमानामा पर्दछ । बाँदरझुला गाउँमा २०१८ सालदेखि मानिसहरु बसोबास गर्दै आएका छन् तर उनीहरुले आफ्नो जग्गाको लालपुर्जा पाएका छैनन् ।

नगरपालिकाबाट समस्याको समाधान नहुने भएपछि प्रकाश तामाङको नेतृत्वमा बाँदरझुला संघर्ष समिति निर्माण गरी स्थानिय भूमि प्राप्तिको आन्दोलन संगै धर्ना कार्यक्रमको लागि संघीय राजधानी काठमाडौं आइपुगेका हुन् ।

यो पढ्नुहोस्;

‘हामी घर खोजिरहेछौँ, तिमीहरु बस्ती जलाउँदैछौ’

सम्बन्धित खबर