उदयपुर सिमेन्टमा फेरी मजदुर आन्दोलित, न्यौपानेका कारण उद्योग ठप्प भएको ठहर

Guest
दियोपोस्ट

काठमाडौं । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेका कारण उत्पादन नै ठप्प भएपछि उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर फेरी आन्दोलित बनेका छन् । यसअघि निरन्तर सञ्चालित उद्योगमा न्यौपाने महाप्रबन्धक नियुक्त भएर आएपछि कोइला अभावका कारण बन्द छ ।

दैनिक ८ सय मेट्रिक टन क्षमताको क्लिंकर उत्पादन गर्नुपर्ने उद्योग हाल बन्द छ । मजदुरहरुले महाप्रबन्धक न्यौपाने समक्ष ६ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन् । केही समय अघि निरन्तर संचालनमा रहेको उद्योग हाल नयाँ व्यवस्थापन आएपछि निरन्तर बन्द रहेको उनीहरुको ठहर छ । उनीहरुले मजदुरहरुले पाउनु पर्ने सेवा सुविधा तुरुन्त उपलब्ध गराउन माग गरेका छन् ।

महाप्रबन्धक न्यौपानेलाई जानकारी गराइएको पत्रमा नेपाल कारखना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्षले हस्ताक्षर गरेका छन् ।