काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले सम्भव भएको बताए । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राउतले भने, ‘कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, त्यो ठाउँमा आज आफैं आएर उभिँदा नयाँ अभुनूति दिएको छ । यसका लागि लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई धन्यवाद दिन चाहन्छु ।’