सिन्धुपाल्चोकमा १० वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन्

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस