काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र संसद्लाई सुनाउने ठाउँ भएकाले निषेधित क्षेत्र हटाउन माग गरेका हुन् ।
सोमबार धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।
निषधित इोत्र घोषणा गरेपछि बल प्रयोग भएको छ । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाउन थापाले माग गरेका हुन् ।