
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।
आज काठमाडौमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नेता डिना उपाध्यायको उपस्थितमा संघको भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी सभापतिले यो सरकारले गरेका हरेक काण्डको जबाफ दिनुपर्ने बताए । देउवाको काम गर्ने तरिकाले पार्टी हित नहुने भन्दै उनले भने, अब आगामी १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न आसन्न महासमितिले दबाब दिनुपर्छ ।
संघका अध्यक्ष बालकृष्ण दाहालका अनुसार आगामी दिनमा योजना बनाएर पार्टी हितको खातिर काम गर्न प्रयास गरिने छ । दाहालले पार्टी सभापति शेर बहादुर देउवाले सेनानी संघलाई महत्त्व नदिएको भन्दै पार्टी र बिधान विरुद्ध लाग्ने नेतृत्व विरुद्ध खबरदारी गरिरहने चेतावनी दिए । महामन्त्री गगन थापालाई आमन्त्रण गरिएको भएपनी उनी कार्यक्रममा उपस्थिति नभएको आयोजकले जनाएको छ । भेलाले प्रदेश समिती समेत गठन गरेको छ ।
