
A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online
काठमाडौं । नेपाली नागरिकलाई अवैध रुपमा रसियन आर्मीमा भर्ती गराएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका एक अधिकृतसहित ४ जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्धा दायर भएको छ।
विमानस्थलको अध्यागमनका शाखा अधिकृत नरवीर खड्का, मोरङको बेलबारी नगरपालिका–११ घर भएका ३२ वर्षीय रबीन घिमिरे, तेह्रथुमको मेन्छायाम गाउँपालिका– ५ का ३२ वर्षीय शंकर ल्म्बिू र मोरङकै सुन्दरहरैचा नगरपालिका–११ का गोविन्द रिमालविरुद्ध मुद्धा दायर गरिएको हो ।
उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा कीर्तेको कसुरमा मुद्धा दर्ता भएर सुनुवाइकै क्रममा रहेको छ।
रसियन आर्मीमा भर्तीका लागि पठाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा हालसम्म १४ जनालाई पक्राउ गरेको थियो।