कामठाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्।
लामिछानेलाई खोया प्रहार गरेको अभियोग पुष्टि हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार उनलाई साधारण तारेखमा छाडेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।
प्रहरीसँगको बयानमा पनि रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताएका थिए।
लामिछानेले भाषण गर्दै गर्दा रानाभाटले फालेको खोया स्टेजमा पुगेको थियो। त्यसपछि लामिछानेले उक्त खोया देखाउँदै आफूले घरमा लगेर सजाउने भाषण गरेका थिए।
लामिछानेले कुनै कारबाही नगर्न स्टेजबाटै प्रहरीलाई अनुरोध गरे पनि सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको थियो।
पुस ८ गते पक्राउ परेका रानाभाटलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि भन्दै १० हिरासतमा राख्न अनुमति दिएको थियो।