झापामा १४ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

दियो पोस्ट  

झापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विक रहेका छन् ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।