
काठमाडौँ । उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ जनालाई पदमा पदपूर्ति गरिएको छ ।
बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीशलाई नियुक्त गरेको हो ।
नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट र ९ जना कानून व्यवसायीतर्फका छन् ।
परिषद्ले न्याय सेवा र सरकारी वकिलबाट ४ जना अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्त गरेको छ । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।