नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

दियो पोस्ट  

काठमाडौँ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक यहाँ सुरु भएको छ ।

बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।

भारतीय विदेशमन्त्री डा. जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।