‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुरमा ४ किलो गाँजासहित २ जना पक्राउ

दियो पोस्ट  

‍‍‍‍‍‍‍‍मकवानपुर । ‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुरमा ४ किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ना.४ ख ५९२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई शरीरमा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।