कपिलवस्तुमा बलेरो गाडी दुर्घटना हुँदा सह–चालकको मृत्यु

दियो पोस्ट  

कपिलवस्तु । कपिलवस्तुमा बलेरो गाडी दुर्घटनामा सह–चालकको मृत्यु भएको छ ।

जिल्लाको शिवराज नगरपालिका-३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सह–चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्सा वीरगंज महानगरपालिका–१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।