रुपा सुनार र सरस्वती प्रधान दुवैलाई सफाई दिने जिल्ला अदालत काठमाडौंको फैसला

दियो पोस्ट  

 

काठमाडौं । २०७८ असारमा संचारकर्मी समेत रहेकी रुपा सुनारमाथि जातकै आधारमा कोठा नदिइएको घटना सार्वजनिक भयो । सोही घटनामा रुपाको जाहेरीको आधारमा घरवेटी सरस्वती प्रधान पक्राउ परिन् । पक्राउ परेकी उनलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ ।

फैसला अनुसार सरस्वतिले सफाई पाएकी छिन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश सकुन्तला कार्कीको ईजलाशले जातिय विभेद तथा छूवाछुत अभियोगमा सरस्वतिलाई सफाई दिएको हो । त्यस्तै सरस्वति पक्षधरले रुपा विरुद्ध हालेको यक्तिक गाेपनीयता भङ्ग र बेईज्जती मुद्दामा रुपालाई सफाई दिने फैसला गरेको अधिवक्ता यम कुमारी ददेलले जानकारी दिइन् । उनका अनुसार जिल्ला अदालतमा निरन्तर दुई दिनसम्म यो मुद्दामा बहस चलेको थियो ।