एमालेको केन्द्रीय कमिटीमा थप ६ जना मनोनीत

दियोपोस्ट संवाददाता

काठमाडौं। एमालेको केन्द्रीय समितिमा ६ जना थपिएका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा ६ जनालाई मनोनीत गरेको हो।

केन्द्रीय सदस्यमा तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए।

प्रदेश अधिवेशनमा प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित भएर जिम्मेवारीविहीन भएपछि एमालेले उनीहरूलाई केन्द्रीय कमिटीमा ल्याएको हो।

सम्बन्धित खबर