कर्फ्यु हट्यो, निषेधाज्ञा जारी : सर्वपक्षीय बैठको तयारी

सर्लाही गोली काण्ड :

दियो पोस्ट  

सर्लाही : सर्लाही बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको प्रदर्शनमा एक स्थानीयको मृत्यू भए पश्चात लागेको कर्फयु हटाई निषेधाज्ञा जारी गरिएको छ । कर्फुयु आज विहान सकिएको हो ।

प्रदर्शनमा एक युवा जयशंकर साहको प्रहरीको गोलि लागि मृत्यु भएको थियो । मृतक स्थानीय होटेलका संचालक तथा कुखुरा दानाका होलसेल विक्रेता हुन्  ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रदर्शन नियन्त्रणमा लिन शुक्रबार बेलुका साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गरेको कर्फ्युको समय सकिएपछि शनिबार बिहान ८ बजेदेखि  आइतबार बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रबार प्रदर्शनका क्रममा मारिएका स्थानीय युवाको शव अहिलेसम्म आन्दोलनकारीकै नियन्त्रणमा रहेको छ भने स्थानीय प्रशासनले राजनीतिक दलसँग सर्वपक्षीय बैठक बस्ने वातावरण बनाउन लागिपरेको छ । । प्रहरीले पनि उनी आन्दोनकारी नरहेको जनाएको छ ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बुझिन आएको स्वीकारे ।

घटनालाई लिएर सर्लाहीको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । सर्लाहीको कविलासी, सलेमपुर लगायत ठाउँमा प्रदर्शन जारी छ ।

TATA ADD