
काठमाडौं । राष्ट्रियसभा निर्वाचन यही माघ ११ गते हुदैछ । ११ गते हुने निर्वाचनमा सत्ता गठबन्धन मिलेर लड्ने समझदारी गरिएपनि सिट संख्यामा भने आआफ्नो दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटामा शनिबार विहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनावमा १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् । दाबी सिटसंख्यामा कांग्रेसले १३, माओवादी केन्द्रले ७, जनता समाजवादी र एकिकृत समाजवालीले ४/४ सिटमा दाबी गरेका छन् । विहानको बैठकमा सिटसंख्या दाबी गर्ने काममात्र भयो अब दिउँसो ४ बजे बस्छौ.र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्ने छ ।
माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गरिसक्नु पर्ने छ ।