काठमाडौं । केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको जनाएको छ ।
ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्याउने गरेका थिए । इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ ।
मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।