कृष्ण सिटौलालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने कांग्रेसको निर्णय

दियो पोस्ट  

नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

टिकट पाएपछि उनी आजै विराटनगर गएका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ।

 कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति भइसकेको छैन।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशीमा खाली भएका दुई सिटमध्ये अन्यतर्फ कांग्रेसबाट उम्मेदवार उठाउने निर्णय गरेको थियो।

सिफारिस