माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसी प्रहरी नियन्त्रणमा

दियोपोस्ट संवाददाता

काठमाडौं । माइतीघरबाट डा. गोविन्द केसीसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्गलबार दिउँसो द्वन्द्वकालका पीडितलाई न्याय र माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता लिन माग गर्दै आन्दोलन गर्न माइतीघर पुगेका थिए ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलका अनुसार निेषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण डा. केसीसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई मङ्सिरदेखि निषेधित क्षेत्र तोकेको छ ।

सम्बन्धित खबर

सिफारिस