
काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।
बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकका अनुसार जिपमा १०–१२ जना यात्रु रहेको प्रहरीले बताए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।