नेपाल मगर संघ धादिङले माघे कार्यक्रमको आयोजना गर्ने

दियो पोस्ट  

काठमाडौं । नेपाल मगर संघ धादिङ समन्वय समितिले माघे संक्राती विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

केहि दिन अगाडी धादिङ समन्वय समितिका अध्यक्ष कुल बहादुर थापा मगरको अध्यक्षतामा बसेको बैैठकले मगरहरूको सांस्कृतिक पर्व २०८० सिद्धलेक गाउँपालिका–६ फिस्पेटारको खुल्लामञ्चमा गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले कार्यक्रमको प्रचारप्रसार संयोजकमा कुलबहादुर थापा र सदस्यहरूमा कुशल आले मगर, हरि शंकर मगर खुमबहादुर मगर त्यस्तै सांस्कृतिक कार्यक्रम व्यवस्थापन संयोजकमा वीरबहादुर आले र सदस्यहरूमा भोजबहादुर थापा, इन्द्रबहादुर आले, टलक आले त्यस्तै आथिक व्यस्थापन संयोजकमा निरमाया राना र सदस्यहरूमा मीनबहादुर दर्लामी, हरि शंकर गिदेल, हरि पाटा मगर, कुलबहादुर झ्यादी रहेको समिति गठन गरेको छ ।

बैठकले मायाको चिनो तथा अतिथि सत्कार संयोजक दिपक राना र निर्णायक मण्डल व्यवस्थापनमा ईश्वर पल्लीलाई संयोजकको जिम्मेवारी दिएको प्रचारप्रसार संयोजक कुलबहादुर थापा मगरले जनाकारी दिए ।