बम्जनको घरबाट ३ करोड बढी नगद बरामद

दियोपोस्ट संवाददाता

काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध)को घरबाट प्रहरीले ठूलो मात्रामा नगद बरामद गरेको छ ।

बम्जनको घरमा प्रहरीले छापा मार्दा ३ करोड ३० लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियो।

बम्जन पक्राउपछि सीआईबीसहित प्रहरीको टोलीले बुढानीलकण्ठको हात्तीगौँडास्थित घरमा छापा मार्दा उक्त रकम बरामत गरेका हुन् ।

उनको घरबाट १५ वटा मोबाइल, ल्यापट र ३० वटाभन्दा बढी पेन ड्राइभ पनि बरामद भएको प्रहरीले जनाएको छ।

बम्जनविरुद्ध मान्छे बेपत्ता पारेको र बाल यौन दुराचारको अभियोग छ। लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई मंगलबार मात्रै प्रहरी पक्राउ गर्न सफल भएको हो।

सम्बन्धित खबर

सिफारिस