पोखरा । पोखराको मित्रमिलन सहकारीमा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार लेखा संयोजक अधिकारीलाई बुधबार पक्राउ गरिएको हो । बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्व रजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।