काठमाडौं । विगत दुई दशकदेखि काठमाडौंको कलंकी क्षेत्रमा रहेर यातयात व्यावसाय गर्दै आएका केशब बहादुर भूजेलको निधन भएको छ । मंगलबार उपचारको क्रममा शिक्षण अस्पतालमा उनको निधन भएको हो ।
राजधानीको कलंकीस्थित एक टायर पसलमा आफू कार्यरत कम्पनि नेपाल माइक्रोबस कम्पनिको बिल बुक लिन जाने क्रममा कम्प्रेसर मेसिन पड्किएर उनी गम्भिर घाइते भएका थिए । घाइते भएका उनलाई सर्वसाधरणले तुरुन्त कलंकीकै शहिद मेमोरियल अस्पतालमा उपचारका लागि पुर्याइएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर दिपक श्रेष्ठले विरामी एक दिनमै ठिक हुने बताएका थिए । तर, तीन दिनसम्म अस्पतालले भेन्टिलेटरमा राख्दा पनि उनको उपचार नभएपछि भूजेलका आफन्तले शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएका थिए । तर, शिक्षण अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परि गम्भिर घाइते भएका भूजेलको उपचारमा उनी कार्यरत कम्पनि नेपाल माइक्रोले कुनै पनि सहयोग नगरेको विरामीका आफन्तको भनाई छ । ‘उहाँ कम्पनिमा ३० वर्ष काम गर्नुभयो । कम्पनिलाई निकै ठूलो योगदान गर्नुभयो । तर, उहाँ कम्पनिकै बिलबुक लिन टायर पसलमा पुग्दा दुर्घटनामा पर्नुभयो । कार्यालयकै काममा दुर्घटनामा पर्दा पनि कम्पनिले कुनै सहयोगसम्म गरेन,’ विरामीका आफन्तले दियोपोस्टसँग भने ।
गत पुस २० गते कलंकीस्थित अंसारी टायर मर्मत केन्द्रमा बिलबुक लिन गएका भूजेल कम्प्रेसर विष्फोट भएको थियो ।