रूसी सेनामा भर्ती भएका एक नेपाली युवकको मृत्यु भएको छ।
रुसी सेनामा गएका प्युठानको प्युठान नगरपालिका- ४ काठेवरका सोनु सुनार (सोमेश)को मृत्यु भएको उपमेयर देवेन्द्र बर्माले जानकारी दिए।
उनले सामाजिक सञ्जालमार्फत सुनारको मृत्यु भएको जानकारी दिएका हुन्।
‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं ४ काठेवर निवासी सोमेश सुनारको युक्रेन–रूस युद्धमा मृत्युु भएको खबरले मर्माहत भएको छु। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्छु,’ उपप्रमुख बर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जा, पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागलको मृत्यु भएको थियो ।
मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको हालसम्म आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन।
रुसी सेनामा भर्ती भएका ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् ।
असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको युक्रेनी सेनाले सार्वजनिक गरेपछि काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई पनि क्रमशः युक्रेनी सेनाले कब्जामा लिएको थियो ।