गणतन्त्रवादी र राजावादी एउटै मञ्चमा (फोटो फिचर)

दियो पोस्ट  

काठमाडौं। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा गणतन्त्रवादी र राजतन्त्रवादी नेताहरू एउटै मञ्चमा देखिए।

पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा  राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान समारोह आयोजना गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सत्तारूढ दलदेखि प्रतिपक्षी दलका प्रमुख नेताहरूको ठूलो जमघट थियो त्यहाँ।

अघिल्लो वर्ष राप्रपाले गरेको चियापान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी थिएनन्। त्यतिबेला उनी नेतृत्त्वको सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा काटेका थिए।

यसपालि सार्वजनिक बिदा दिइने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्ड पनि चियापान समारोहमा सरिक भएका हुन्।

निम्तो स्वीकार गरेर आएका  शीर्ष नेताहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उनकी छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल पनि मञ्चमै थिए। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा पुग्नुअगावै प्रधानमन्त्री प्रचण्ड भृकुटीमण्डप पुगिसकेका थिए।

देउवा र ओली पछि मात्रै भृकुटीमण्डप पुगेका थिए। राप्रपाको पुरस्कार वितरण लगायतका कार्यक्रम चल्दै गर्दा मञ्चमा प्रधानमन्त्री दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग गफिएका थिए।

तस्बिरहरूः 

 

     

सिफारिस