जेठमा महाधिवेशन गर्ने जसपाको निर्णय

दियो पोस्ट  

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट जेठ २८,२९ र ३० गते महाधिवेशन गर्ने निर्णय भएको जसपाका नेता प्रदीप यादवले जानकारी दिए।

‘महाधिवेशन जेठमा गर्ने निर्णय भयो, त्यसका लागि सबै तहका समितिलाई तयारीमा लाग्न भनिएको छ,’ नेता यादवले दियोपोस्टसँग भने।

जेठमा महाधिवेशन गर्ने भएपछि त्यसअघि नै प्रदेश, जिल्ला, नगर र स्थानीय तहको अधिवेशन गरिसक्नुपर्ने उनले बताए।

‘हामीले त्यसका लागि सबै नेता कार्यकर्ताहरुलाई खटिन भनेका छौं, जेठ अघि नै प्रदेशदेखि स्थानीय तहसम्मको अधिवेशन सकाएर जेठमा अधिवेशन गर्छौं,’ उनले भने।

जसपाले यसपालिको महाधिवेशन महोत्तरीमा गर्ने निर्णय पनि गरेको छ।