न्यायाधीश भुवन गिरीकी जेठी पत्नीले सर्वोच्च अदालतभित्रै गरिन् आत्मदाह प्रयास

दियोपोस्ट संवाददाता

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् ।

प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसी उनले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् ।

आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् । आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेगरेपिछ उनी बाँच्न सफल भइन् । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

सम्बन्धित खबर