काठमाडौं। नुवाकोटको तारूकामा यसपालि १७ हल गोरू जुधाइएको छ।
माघे संक्रान्तिको दिन तारूकामा बर्सेनि गोरू जुधाइन्छ।
तारूकामा गोरू जुधाएको हेर्न टाढा टाढाबाट मानिसहरु पुग्छन्।
केही वर्षदेखि प्रतियोगिता नै गरेर गोरू जुधाइन्छ। जित्ने गोरू धनीलाई निश्चित पुरस्कारको समेत व्यवस्था गरिएको छ।
आज पनि गोरू जुधाइएको हेर्न काठमाडौं लगायत विभिन्न क्षेत्रबाट मानिसहरू तारूका पुगेका थिए। त्यहाँ दिनभर मानिसहरूको भीड लागेको थियो।
हेर्नुस् तस्बिरहरूः
सबै फोटोः नेपाल फोटो लाइब्रेरी