टुँडिखेलमा भीड अनियन्त्रित हुँदा १६ जना घाइते, सबै महिला र बालिका (नामावली)

दियोपोस्ट संवाददाता

काठमाडौं। टुँडिखेलमा माघी  महोत्सवको हेर्न आएका मानिसहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या १६ पुगेको छ।

सोमबार दिउँसो टुँडिखेलमा थारू र मगर समूदायको छुट्टाछुट्टै समारोह थियो।

उक्त समारोह हेर्न जानेहरुको भीड टुँडिखेल प्रवेश गर्ने गेटमा अनियन्त्रित भएपछि च्यापिएर १६ जना घाइते भएका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

भीड अनियन्त्रित भएपछि नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो।

घाइतेहरूमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० घर भई हाल ललितपुर पाटनढोका बस्ने  १२ वर्षीया तिर्सना मगर, सिन्धुपाल्चोक घर भई ललितपुरको चामुन्डा बस्ने १२ वर्षीया अन्जना तामाङ, धादिङको गंगाजमुना घर भई काठमाडौंको फुटुङ बस्ने १९ वर्षीया रेजिना घले, धनकुटा घर भई हाल ललितपुर जिल्ला चाकुपाट बस्ने १६ वर्षीया निकिता मगर, बर्दियाको राधापुर नगरपालिका-१ घर भई काठमाडौंको नयाँबजार बस्ने ३० वर्षीया रेखा चौधरी, प्युठानको खलंगा गाउँपालिका-४ घर भई काठमाडौंको फुटुङ बस्ने १६ वर्षीया अनिसा केसी, कैलालीको भजनिया नगरपालिका-३ घर भई ललितपुरको भैंसेपाटी बस्ने २५ वर्षीया कल्पना चौधरी छन्।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई काठमाडौंको बनस्थली बस्ने २२ वर्षीया मन्दिरा बस्नेत, ललितपुर महानगरपालिका-२२ कि ४० वर्षीया मिना थापा, कैलालीको घोडाघोडी गाउँपालिका घर भई काठमाडौंको सितापाइला बस्ने १९ वर्षीय रिजा रेस्मी मगर, रोल्पा घर भई कोशी प्रदेश तालिम केन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढा मगर पनि घाइते भएका छन्।

यसैगरी पाल्पाको तानसेन नगरपालिका-१४ घर भई काठमाडौंको लैनचौर बस्ने २५ वर्षीया निशा राना, संखुवासभाको म्यादी नगरपालिका- ४ घर भई काठमाडौंको मनमैजु बस्ने २२ वर्षीया निर्मला श्रेष्ठ, ललितपुर महानगरपालिका-२२ पाटन बस्ने २७ वर्षीया रश्मी नेपाल, दोलखाको आरूघाट गाउँपालिका-८ घर भई काठमाडौंको चौमती बस्ने ११ वर्षीया युनिका बराल र उदयपुरको रौतामाई गाउँपालिका-८ घर भई काठमाडौंको मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगर घाइते रहेको एसपी ढुंगेलले जानकारी दिए।

घाइते सबैको ट्रमा सेन्टरमा उपचार भइरहेको उनले जानकारी दिए।

सम्बन्धित खबर

सिफारिस