रोल्पा । रोल्पामा बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगर छन्।
उनले ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको रोल्पा प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई आइतबार मगरलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ।